काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकता गर्नुपर्ने बताएका छन् । उनले शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा यस्तो बताएका हुन् ।
पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको उनले उल्लेख गरे । उनले पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकताको कोसिस गर्न आग्रह गरे । पुष्पलालका बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तन र मनन गर्न आवश्यक रहेको उनले बताए ।
दोषजति अरूको थाप्लोमा हालेर आफू दूधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिएको उनको भनाइ थियो ।


