काठमाडौं । अहिले काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ ।
यतिबेला (मंगलबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदलीदेखि पूर्ण बदलीको अवस्था छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


