काठमाडौं । जल तथा मौसम विभागल अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशके पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ ।
यतिबेला कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।


