काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकारमा पनि नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
बिहीबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस गठबन्धनमा बस्दा सजिलो दल हुने बताए । तर, धेरै हेप्न–पेल्न थाले कांग्रेस अप्ठ्यारो दलमा परिणत हुने उनको भनाइ थियो ।
“हामीबाट जालझेल केही पनि हुँदैन । हिजोमात्र कार्यसम्पादन समिति बैठक बसेर कांग्रेस–एमाले सहमति अनुमोदन गरेका छौँ,” उनले भने, “सहमतिमा लेखिएको एउटा कुरामा पनि कांग्रेस तलमाथि हुँदैन । सहमतिको अक्षरस पालना हुने, नहुने कुरा हामीमात्र इमान्दार भएर हुँदैन । त्यति नै इमान्दार एमालेको नेतृत्व पनि हुनुपर्छ र हुन्छ भन्ने अपेक्षा पनि छ ।”