काठमाडौं । आफ्नो पार्टीका अध्यक्ष प्रधानमन्त्री भएलगत्तै नेकपा एमालेले सुझाव दिएको छ । एमाले प्रतिनिधि मण्डलले शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर सुझाव दिएको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिएका छन् । गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए ।


