काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन्।
राजदूत थम्पसनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।
राजदूत थम्पसनले भेटपछि समाजिक संजाल एक्समार्फत त्यसबारे जानकारी गराउँदै प्रधानमन्त्रीसँग शानदार कुराकानी भएको उल्लेख गरेका हुन् ।
‘नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग शानदार कुराकानी भयो,’ उनले भनेका छन्, ‘हामीले हाम्रा दुई राष्ट्रबीचको ७७ वर्षको सहकार्यबारे छलफल गर्यौं। नेपाल र अमेरिकाबीचको सहकार्यलाई बलियो बनाइराख्न अमेरिका सरकारसँग काम गर्न तत्पर छ।’
।