काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिन वा नदिनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।
राप्रपाका नेता राजाराम श्रेष्ठका अनुसार बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी पक्ष वा विपक्षमा निर्णय लिनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले, जसपा र नागरिक उन्मुक्तिले फिर्ता लिएका छन्। अहिले सरकारमा माओवादी केन्द्र,एकीकृत समाजवादी, रास्वपा रहेका छन्।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएर मन्त्रीले समेत राजीनामा दिएपछि शुक्रबार विश्वासको मत लिने कार्यसूची तय भएको छ। राप्रपाको प्रतिनिधिसभामा १४ सिट रहेको छ।