काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्य मात्रै रहने गरी सबै जिम्मेवारी खोसेको हो ।
यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका डा। ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।
पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । तर केन्द्रीय समितिको निर्णय बमोजिम उनको साधारण सदस्यता भने नखोसिएको हो ।


