काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक बिहान साढे ११ बजे तय भएको छ । प्रधानबारे सुनुवाइ सकिएकाले आजको बैठकमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने बुझिएको छ ।
२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।
त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो ।


