काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । उनी आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षति र सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन उनले आग्रह गरे । उनले कञ्चनपुरमा वर्षाका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराए ।