काठमाडौं । संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । काठमाडौं । आज एकैदिन संसदका ४ वटा समितिको बैठक बस्दैछ ।
बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने कार्यतालिका रहेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिन सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । सिंहदरवार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा पनि छलफल हुनेछ । बैठक बिहान सवा ११ बजे बस्नेछ ।


