काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् ।उनीहरुबीच भेटका क्रममा नेपाल र चीनबीचमा शहरी विकासको क्षेत्रमा काम गर्ने सकिने विषयमा छलफल भएको थियो ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नेपाल र चीनबीच शहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुन सक्छ, अहिले के भइरहेको छ भन्नेबारे सामान्य समीक्षा भएको बताए ।
उनले भेटवार्तामा चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० शहर बनाउने कुरामा चीन सरकारले के सहयोग गर्न सक्छ भन्ने कुरा राखेको बताए ।


