काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानाको राजीनामा मागेका छन् ।
उनले आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने जिकिर गरे ।
उनले भने, ‘चिन्दै नचिनेको मान्छेलाई सिफारिस कसरी गरियो। छानबिन हुनुपर्छ केही समय पहिला एक जना मन्त्रीले अमेरिका लैजान सिफारिस गरेको आधारमा राजीनामा दिनुपरेको थियो।’
उनले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए।


