काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ ।
एमाले स्रोतले दिएको जानकारी अनुसार विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसैगरी पृथ्वीसुब्बा गुरुङ सञ्चार मन्त्री बन्ने भएका छन् । देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् । उनी राष्ट्रिय सभा सदस्य हुन्।
त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँदै छन् ।


