काठमाडौं । आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने भएसँगै नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
बैठक दिउँसो ३ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन अध्यक्ष ओलीले बैठक बोलाएको गौतमको भनाई छ ।


