काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियामार्फत नयाँ सत्ता गठबन्धन बनेको टिप्पणी गरेका छन् ।
उनले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
प्रचण्डले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरूका हकहितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए । उनले विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गरे । विचौलियकै पक्षमा सरकारले काम गर्ने उनको आरोप छ ।
उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए ।


