काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबराम भट्टराईले मुलुकको परिवर्तनमा पुराना विचारको योगदान रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले उल्लेख गरेका हुन् । त्यसलाई सम्मान गर्दै अब नयाँ विचारका आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका हुन् ।
उनले दुईचारजना मिलेर नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति नहुने टिप्पणी गरे । नयाँ र सही विचारका आधारमा वैकल्पिक शक्तिलाई परिभाषित गर्नुपर्ने उनले बताए । सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्ति विस्तारै हराउँदै जाने उनको भनाइ छ ।


