काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । दाहाललाई भेट्न अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच हिजो पनि सिंहदरबारमा झण्डै २ घण्टा छलफल भएको थियो ।
यसअघि, शनिबार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।


