काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ विश्वासको मत लिने भएका छन् ।
एमाले सचेतक महेश बर्तौलाले आगामी आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको बताए ।
संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ओली यही आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


