काठमाडौं । मंगलबार पनि देशका धेरै भूभागमा भारी वर्षासहित चट्याङ्ग पर्नसक्ने जल तथा मौसम विभागले जनाएको छ । मौसम विज्ञान पूर्वानुमान महाशाखाका हनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा हुने जनाएको छ।
आज बिहानबाट बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागको बुलेटिनमा उल्लेख छ ।
भारी वर्षा हुने स्थानहरूमा रहेका मानिसहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।


