काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा १९ मन्त्रीले शपथ लिएका छन्। उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।
मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यसअघि नै सपथ लिइसकेका छन् ।
मन्त्रीको सपथ लिनेहरुमा सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा देउवा, महिला बालबालिका मन्त्री नवलकिशोर साह सुडी, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल रहेका छन् ।
यसैगरी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, खानेपानी मन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, कृषि मन्त्री रामनाथ अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षा मन्त्री मानवीर राई, जलस्रोत तथा ऊर्जामन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य मन्त्री राजकुमार गुप्ता, र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी रहेका छन् ।