काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुले गल्ती गरे कार्यकर्तालाई सशक्त विरोध गर्न निर्देशन दिएका छन् ।
नेता कोइरालाले वीपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताए ।
उनले मन्त्रीहरूले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले भने– ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।’
‘


