काठमाडौं । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतकमा श्यामकुमार घिमिरेलाई मनोनित गरेका छन्।
यसअघिका प्रमुख सचेतक रमेश लेखक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री छन्।
उनी गत असार ३१ गते गृहमन्त्री बनेपछि सो पद रिक्त थियो। रिक्त पदमा दलको विधान धारा १३ को उपधारा ९१० बमोजिम घिमिरेलाई देउवाले मनोनीत गरेको जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घिमिरे सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।


