काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिलाई सबैले स्वागत गरेको जिकिर गरेका छन् ।
उनले शुक्रबार योजना आयोगका पदाधिकारीको शपथ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले योजना आयोगका नवनियुक्तहरू पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै देशको समग्र विकासको योजना कार्यान्वयनमा नमुनायोग्य बन्न आग्रह गरे ।


