काठमाडौं । सहकारी छानबिन समितिको आज बसेको बैठकले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेशमा ल्याउने काम गर्न निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा पुगिने समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।


