काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीसँग बैठक गर्दैछन् । बैठक उनको निवास बूढानीलकण्ठमा बस्ने तय भएको छ ।
कांग्रेसका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले दुई-दुई उपसभापति र महामन्त्रीलाई मात्र बैठकमा डाकिएको जानकारी दिए ।
गएको फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेस महासमिति बैठकबाट पारित प्रतिवेदन अझै केन्द्रीय समितिले अनुमोदन गरेको छैन । केन्द्रीय समितिबाट अनुमोदन नगरिँदासम्म महासमितिका निर्णय कार्यान्वयन हुँदैन ।
०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ ।


