काठमाडौं । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्री एवम् प्रतिपक्ष दलका नेता प्रचण्डले आज दिउँसो एक बजे प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्न समय माग गरेकाले आजको लागि तय भएको बताइएको छ। सचिवालयका अनुसार उनले विशेष समयमा सम्बोधन गर्ने छन् ।