काठमाडौं। गायक प्रकाश तिमल्सिनाको निधन भएको छ ।
३५ वर्षीय तिमल्सिना शनिवार अपराह्न सुतिरहेको खाटमा मृत भेटिएका थिए।
उनको मुखबाट थोरै रगत निस्किएको अवस्था देखिएको प्रहरीले जनाएको छ। तिमल्सिना श्रीमतीसहित त्यहाँ बस्दै आएका थिए। घटना हुँदा भने श्रीमती विराटनगरमा थिइन्। घटनापछि श्रीमती आइपुगेकी छिन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा तिमल्सिनाको स्वास्थ्यमै अचानक आएको समस्याले मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।