काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुट्नु नयाँ सरकार गठनपछिको राम्रो काम भएको बताएका छन् ।
सिंहदरबारमा बुधबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन बुझ्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंग्याउने काम सकारात्मक रहेको बताए।
यस कामलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमासमेत उनले चित्रण गरेका छन्।


