काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मात्रै सँधैभरि नेतृत्वमा बसिरहनुर्पे कुनै कारण नभएको बताएका छन् । उनले शुक्रबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने बताए । अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको बताए । ‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन,’ उनले भने, ‘संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन ।’
उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए ।


