काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपराध गर्नेलाई कुनै पनि राजनीतिक दलले संरक्षण गर्न नहुने बताएका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए।
उनले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताए। लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको भन्दै त्यसलाई कुनै रुपमा समाप्त पार्नुपर्नेमा जोड दिए।


