काठमाडौं । नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।
सिग्देललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी भदौ २४ बाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेका हुन्।
साउन २४ बाटै बिदामा बसेपनि प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेमात्रै सकिँदैछ। शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्ण रुपमा सम्हाल्नेछन्।
शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो।


