काठमाडौं । सत्तारुढ दल नेकपा नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा जारी छ । बिहीबारको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय हुने बताइएको छ।
गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।
यसअघि एमालेले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमै गर्ने गरेको थियो। तर, च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेपछि बिहीबारको बैठक होटल बसेरामा बोलाइएको हो।


