काठमाडौं । हाल देशभर आंशिक बदली हुने जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (आइतबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।


