काठमाडौं । काठमाडौँ–तराई /मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा एक समारोहबीच काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङको स्वीच थिचेर ब्रेक थ्रु गरेका हुन् ।
निजगढ–कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ किमी धेद्र्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ।
प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिए।


