काठमाडौं । महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
आज बिहान ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।
घाइतेहरु सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


