काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा १२ वटा घर पूर्ण रूपमा बगेका छन् ।
बाढीका कारण एउटा विद्यालय र एउटा स्वास्थ्य क्लिनिक पूर्ण रुपमा बाढीले बगाएको छ । बगाएका १२ घरमा केही होटलसमेत रहेको प्रदेश प्रहरी कोशीका प्रवक्ता एसएसपी भीम दाहालले बताए ।
उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको र खोज तथा उद्धारमा लागेको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले थामेमा ७ वटा घर उच्च जोखिममा रहेको बताइन् । उ


