काठमाडौं । भारतीय समकक्षीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले आज भारत भ्रमणमा जाँदै छिन् ।
उनी पाँच दिनको भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो । भ्रमणमा राणासँगै परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनका भृगु ढुंगाना पनि जाने छन् ।
भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।


