काठमाडौं । आइतबार मात्रै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विजय मिश्रीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा भएको भेटवार्तामा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको छ।
भेटमा नेपाल तथा भारतका अधिकारीहरूसमेत सहभागी थिए। दुईदिने भ्रमणका लागि आज बिहान काठमाडौं उत्रिएका विदेशसचिव मिश्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन्।


