काठमाडौं । बुधबार एकैदिन संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गरिनेछ ।
यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो पौने ४ बजे बस्नेछ ।


