काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो।
रास्वपाले दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए । ढकालले रास्वपालाई दिएको जवाफ स्पष्टीकरण नभई कुण्ठा व्यक्त गरिएको नेताहरुले बताएका छन् ।


