काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले म असत्य नबोल्ने र भ्रष्टाचार नगर्ने बताएका छन् ।
उनले शुक्रबार सांसदहरूका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताए।
‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ। योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ। त्यसैले योगलाई विशेष महत्त्व दिनुपर्छ।’


