काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीलाई लोकप्रिय बनाउन आफू सदैव लागि रहने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दैउनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताएका हुन् ।
उनले पार्टीका नेता कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे ।
‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरी काम गर्नेछु’, सिंहले भने ।


