काठमाडौं । आज एकैदिन ८ वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज बिहान ९ बजे अर्थ समितिको बैठक बस्दैछ भने बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ ।
यसैगरी बिहानसाढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
यसैगरी सोही समयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बस्नेछ । दिउसो एक बजे बस्ने बैठकमा राजदूतमाथिको उजुरीबारे छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक बदैस्दै छ
यसका साथै दिउँसो १ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक बस्दैछ ।
त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।


