काठमाडौं । माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि प्रतिनिधिसभा बैठकमा संसदमा विवाद भएको छ।
बुधबार बसेको बैठकको विशेष समयमा भट्टराईले माओवादी हिंसा नभएको भएका विद्युत क्षेत्रमा अझै विकास गर्न सक्थ्यो भन्ने अभिव्यक्ति दिएपछि माओवादी सांसदहरूले नियमापत्ति जनाएका थिए।
माओवादी सांसद माधव सापकोटाले माओवादी आन्दोलनलाई हिंसा भन्नु संविधान विपरीत भएको भन्दै रेकर्डबाट उक्त शब्द हटाउन माग गरे। तर, भट्टराईले माओवादी सशस्त्र संघर्ष हिंसा नै भएको पटक(पटक दोहोर्याएपछि माओवादी सांसदहरू थप आक्रोशित भएका थिए।
सभामुख देवराज घिमिरेले अभिव्यक्ति टुङ्गाउन निर्देशन दिएपछि पनि भट्टराईले तत्कालीन समयमा माओवादीले धेरै हिंसा नै गरेको बताए। त्यसपछि माओवादी र एमाले सांसदबीच वाद-प्रतिवाद भएपछि सभामुख घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शव्दका बारेमा अनुसन्धान गर्न सचिवालयलाई निर्देशन दिएका थिए।


