काठमाडौं । पूर्व गुहमन्त्री रवि लामिछानेसँग संसदीय छानबिन विशेष समितिले बयान लिएको छ ।
शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो। समितिले लामिछानेलाई बयानका लागि दर्जनौं प्रश्न सोधेको छ। काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।
करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको झण्डै ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको आरोप लामिछानेमाथि छ।


