काठमाडौं । सहमति कायम हुन नसकेपछि नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने भएको छ ।
आज बिहान ७ बजे मनोनयनपत्र वितरण, ७ः३० देखि ८ः३० बजेसम्म मनोनयन दर्ता गर्ने तालिका छ । यस्तै अन्य बाँकी प्रक्रिया पूरा गरेपछि गरेपछि मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दिउँसो २ देखि ५ बजेसम्म मतदान तथा बेलुका ६ बजेबाट मतगणना सुरु गरिने कार्यतालिका रहेको छ ।
रिक्त १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेपछि निर्वाचनको प्रक्रिया रोजिएको हो ।


