काठमाडौं । सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले आज बयानका निम्ति बोलाउन लागेको हो ।
यसअघि बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफू बयान दिन जाने बताएका थिए । समितिले आफूलाई भदौ ७ गते बोलाएको भन्दै सोही दिन बयान दिन जाने उनले बताएका थिए ।


