काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले समयभन्दा पहिले नै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । उनले शनिबार क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’ को पुस्तक विमोचन कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर भनिदिन चाहन्छु। अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिला १५ दिन बाँकी छ। त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु। बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ,’ उनले भने।


