काठमाडौं । हिजो सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ।
बैठकमा विभिन्न ११ एजेन्डामा छलफल हुनेछ । हिजोको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशन गर्न निर्देशक समिति बनाउने लगायतका ११ वटा प्रस्ताव छलफलका लागि पेस भएका छन् ।
बैठकमा क्रियाशील सदस्यता वितरण र नवीकरण तथा पार्टीका वडादेखि माथिल्लो तहसम्म रिक्त पदहरू पूर्ति गर्ने विषयमा छलफल हुनेछ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार हिजोको बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरेको थियो ।


